गायिका आचार्यले नचाइन् धनगढीमा दर्शक
काठमाडौँ । सुदूरपश्चिमकी चर्चित गायिका लक्ष्मी आचार्यले धनगढीका दर्शक नचाएकी छन् । शनिबारदेखि धनगढीमा आयोजना भएको १८औँ सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रमा उनले आफ्ना लोकप्रिय गीतसंगीतबाट कार्यक्रममा उपस्थित दर्शक नचाएकी हुन् ।
कार्यक्रममा चर्चित गीत ‘भन् साली’बाट सुरु गरेकी लक्ष्मीले ‘ओ मेरी भाउजु’ हुँदै लोक दोहोरी गीत ‘मायालुले बोलाउँदै’सम्म तीन गीत गाएकी थिइन् । उनका प्रत्येक गीतमा दर्शकले सिटी र तालीको अलवा वान्स मोरको हुटिङ गरेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबाट उद्घाटनसँगै सुरु भएको महोत्सवमा हास्य कलाकार राजाराजेन्द्र पोखरेलले कमेडी गरेका थिए ।
कैलाली उद्योग वाणिज्य संघको आयोजना रहेको महोत्सव आगामी पुस २ गतेसम्म चल्नेछ । महोत्सवमा हरेक दिन विभिन्न कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा पाँच सय ३१ वटा स्टल रहेका छन् । महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजक संघका महासचिव ओम बिष्टले बताए । महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रिक, होटेललगायतका स्टलहरू रहेका छन् ।
व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभूषाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ ।
गायिका लक्ष्मी पछिल्लो समय स्वदेशी तथा विदेशी कार्यक्रममा व्यस्त छिन् । लक्ष्मीका दर्जनौँ गीत लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
-
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
राज्यले अनुसन्धानमा नियत राख्न मिल्छ कि मिल्दैन ?
-
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
-
संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना