सिरियाबारे इरान– असदले हामीसँग सहयोग मागेनन्
सोमबार, २४ मङ्सिर २०८१, ०७ : ५१

तेहरान । इरानका विदेशमन्त्री अब्बास अरागचीले सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले इरानसँग कुनै सहयोग नमागेको बताएका छन् । अरागचीले आइतबार इरानी सञ्चारमाध्यमलाई उक्त बयान दिएका हुन् ।
इरान पूर्वराष्ट्रपति असदको सहयोगी रहेको छ । अब्बास अराघचीले भने, ‘हामीलाई कहिल्यै मद्दत गर्न भनिएको थिएन तर मूलतः यो सिरियाली सेनाको काम थियो, हामीले यसलाई आफ्नो कर्तव्यको रूपमा लिइरहेका छैनौँ।’
उनले थप भने, ‘यसमा अचम्मको कुरा के छ भने सिरियाली सेनाले विद्रोहीलाई रोक्न सकेन र यो सबै चाँडै भयो।’
यसैबिच रुसी सञ्चारमाध्यमले मस्को पुगेका बशर अल असद र उनको परिवारले राजनीतिक शरण लिन सक्ने बताएका छन् । गत हप्ताको सुरुमा, विद्रोहीहरूले सिरियाका सहरहरू द्रुत रूपमा कब्जा गरे, जसको परिणाम स्वरूप तत्कालीन सिरियाली राष्ट्रपति असदले देश छोड्नु परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय