सिरियामा इस्लामिक स्टेटलाई फाइदा उठाउन दिँदैनौँ : बाइडेन

वासिङ्टन डिसी । विद्रोही समूह राजधानी छिरेपछि सिरियाका राष्ट्रपति बशर अल–असदले देश छाडेर गएका छन् । यस्तो स्थितिमा त्यहाँ इस्लामिक स्टेटले फाइदा उठाउन सक्ने आकलनहरू आइरहेका छन् । यसैबिच अमेरिकाका राष्ट्रपति जो बाइडेनले सिरियामा अमेरिकाले नजर राखिरहेको र यसले मध्यपूर्वमा शक्ति सन्तुलन परिवर्तन भएको बताएका छन् । सिरियामा अमेरिकी सेनाको उपस्थिति कायम राख्ने संकेत पनि बाइडेनले दिएका छन् ।
द्वन्द्वको लागि तीन–पक्षीय दृष्टिकोणको रूपरेखा गरिएको र यसमध्ये ‘साझेदारहरूको समर्थन, प्रतिबन्ध र कूटनीति, र आवश्यक भएमा सैन्य बलको प्रयोग’ समेत रहेको बताइएको छ । सिरियाको सत्तामा शून्यताको यस अवस्थाको फाइदा उठाएर इस्लामिक स्टेट समूह (आईएसएस)ले त्यहाँ आफ्नो क्षमता पुनः स्थापित गर्ने र आफ्नो लागि सुरक्षित आश्रय बनाउने प्रयास गर्न सक्नेबारे आफूहरू सचेत रहेको र त्यसो हुन नदिने पनि बाइडेनले बताए । असद सरकारले विश्वसनीय राजनीतिक प्रक्रियामा संलग्न हुन अस्वीकार गरेको र रुस अनि इरानको समर्थनमा निर्भर रहँदा सरकारको पतन भएको भनेर यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए ।
सिरियाको घटनाक्रमलाई अमेरिकाले नजिकबाट नियालिरहने अनि विद्रोही नेताहरूलाई उनीहरूको भाषणबाट होइन, उनीहरूको कार्यबाट न्याय गर्ने पनि उनले बताएका थिए । आइतबार अमेरिकी सेनाले सिरियामा ७५ वटा लक्ष्यमा निशाना बनाएको अमेरिकी सेन्ट्रल कमान्डले बताएको थियो । यी लक्ष्यहरू आईएस पुनः सङ्गठित भइरहेको सरियाको पूर्वी क्षेत्रको बादियाह मरुभूमिमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित