रविमाथि अमानवीय व्यवहारको आरोप
आईजीपी वसन्त कुँवरलाई मानवअधिकार आयोगले बोलायो
सोमबार, २४ मङ्सिर २०८१, १३ : ०९

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले रातोपाटीलाई बताए ।
उनले भने-‘उहाँलाई आज छलफलका लागी बोलाइएको हो ।’ मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो । लामिछानेलाई अमानविय व्यवहार गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ । त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्