सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारदेखि

काठमाडौँ । सूर्य नेपाल काठमाडौँ ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । प्रतियोगिताको काठमाडौँस्थित रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
सूर्य नेपाल गल्फ टुर सन् २०२४–२५ अन्तर्गतको यो दोस्रो प्रतियोगिता हो । शुक्रबारसम्म चल्ने उक्त प्रतियोगिता ७२ होलको हुने जानकारी सोमबार आयोजित पत्रकारसम्मेलनमा दिइयो ।
प्रतियोगितामा ३२ ब्यवसायिक र १२ जना एमेच्योर खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । प्रतियोगितामा उप–विजेता बन्ने खेलाडीले पनि ८५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
यसैगरी, तेस्रो स्थान हासिल गर्ने खेलाडीले ६८ हजार, चौथो स्थानमा रहने खेलाडीले ५५ हजार र पाँचौँ स्थानमा आउने खेलाडीले ४८ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।
निरज तामाङ प्रतियोगिताको साविक विजेता हुन् । उनी यसपटक पनि उपाधि जोगाउने अभियानमा रहने छन् । यसका अतिरिक्त नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी पनि सहभागी हुनेछन् ।
यसैगरी, रवि खड्का, दिनेश प्रजापति लगायतका खेलाडीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल प्रोफेसनल गल्सर्फ एसोसिएसन तथा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले खेलाडीहरुको स्तर अभिबृद्धिमा प्रतियोगिता उपयोगी सिद्ध हुने विश्वास ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्