इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्
_nDnILv6UUn.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन् ।
सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे । उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए ।
उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए । नेपालले भने, ‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको बिरुद्धमा, फासिजमको बिरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस् ।’
अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने