सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाइने
सोमबार, २४ मङ्सिर २०८१, १५ : ५९

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाउने व्यवस्था गरेको छ ।
आम नागरिक र सेवाग्राहीलाई सहज हुने र सेवा प्रवाहको दृष्टिले समेत प्रभावकारी हुने देखिएकोले सवारी चालक अनुमति पत्र आवेदकहरुको बायोमेट्रिक बाहेकका विवरण सच्याउन प्रदेश मातहतका यातायात कार्यालयबाट पाउने गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नेपालको संविधान, २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार पनि प्रदेशलाई दिएको छ ।
सोहि अधिकारलाई मध्यनजर गरी २०८१ मंसिर १० गतेको विभागस्तरीय निर्णयानुसार यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
-
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
-
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य