मस्कोस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा फहराइयो
सोमबार, २४ मङ्सिर २०८१, १६ : २५

मस्को । रुसस्थित सिरियाली दूतावासमा झण्डा फेरिएको छ । मस्कोमा रहँदै आएका सिरियाली नागरिकले नै आफ्नो दूतावासको झण्डा फेरेका हुन् ।
उनीहरूले बशर अल असदको शासन अन्त्यसँगै झण्डा फेरेका हुन् । मस्कोस्थित दूतावासमा साविकको झण्डा निकालेर सिरियाली विद्रोही समूहको झण्डा फहराइएको छ ।
मस्कोमा रहँदै आएका सिरियालीको यो कदमलाई प्रतीकात्मक रूपमा हेरिएको छ । किनकि, सिरियामा असदको शासनलाई रुसले साथ दिँदै आएको थियो ।