‘सोल्टिनी’ निर्माण घोषणा, चलचित्रमा प्रकाश र परीक्षाको जोडी
सोमबार, २४ मङ्सिर २०८१, २० : २८
काठमाडौँ । चलचित्र ‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरेका छन् । परिचयात्मक भिडियोमार्फत चलचित्रका विषयवस्तु र पात्र प्रस्तुत गर्दै निर्माण जानकारी दिइएको हो । भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचन छ ।
प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य भूमिका रहने चलचित्रमा सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्ने भनेका छन् । लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै छिन् । चलचित्रमा अपुरो प्रेमको गहिरो कथामा निर्माण हुन लागेको हो ।
प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको चलचित्र पुस १५ देखि फ्लोरमा निस्कनेछ । यतिबेला चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसपमा छन् ।
चलचित्रको रिलिज मिति २०८२ असोज ३ गते संविधान दिवस भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
-
शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई
-
यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक
-
दलित मुसहर परिवारमा शीतलहरको कहर
-
प्रहरीका २५ एसएसपीको पदस्थापन