वायु गुणस्तर निगरानीका लागि काठमाडौँमा उपकरणहरू जडानको सुरुवात
_KoMTRlr5jP.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र वायु गुणस्तर निगरानीका लागि उपकरणहरू जडानको सुरुवात गरेको छ । काठमाडौँ महानगरले पार्टनरसिप फर हेल्दी सिटिजको सहकार्यमा वायु गुणस्तर निगरानी उपकरणहरू जडान गर्ने कार्यको शुभारम्भ गरेको हो ।
उक्त कार्यको सोमबार महानगरकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी हुन् । “स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी” को उद्देश्यलाई आत्मसात गर्दै काठमाडौँ महानगरले वायु प्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । “वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६” अन्तर्गत स्थानीय तहलाई दिइएको जिम्मेवारीप्रति महानगर सधैँ प्रतिबद्ध रहेको जनाइएको छ ।
पार्टनरसिप फर हेल्दी सिटिज नसर्ने रोगहरू र चोटपटक रोक्न प्रतिबद्ध नगरहरूको विश्वव्यापी सञ्जाल हो । जसमा ७४ सहरहरू सामेल छन् । काठमाडौँ महानगर पनि यसको सदस्य नगर हो ।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषणविरुद्ध लड्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । उनले महानगरले छिट्टै सवारी साधन प्रदूषण जाँच कार्यको थालनी गर्ने तयारी रहेको बताइन् ।
उपमेयर डंगोलले वास्तविक समयको डेटा प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता