भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ
मङ्गलबार, २५ मङ्सिर २०८१, १५ : ०५

काठमाडौँ । काठमाडौँको कीर्तिपुरबाट प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ । किया कम्पनीको गाडी र स्रोत नखुलेको १४ लाख रकमसहित आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भएका २८ वर्षीय चिरञ्जीवी पौडेल, धनुषा घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल र चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ छन् । उनीहरुले भन्सार छलेर ल्याएको बा.२४ च ३२९३ नम्बर उल्लेखित गाडी बरामद गरिएको एसएसपी रजौरेले जानकारी दिए ।