‘कार्साङ’मा शेर्पा समुदायको कथा हेर्न पाइने

काठमाडौँ । दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ’ २६ पुसमा देशव्यापी प्रदर्शन तयारीमा छ । फिल्ममा राई शेर्पा समुदायको व्यक्तिको भूमिकामा छन् । दयाहाङको चरित्रमार्फत उक्त समुदायको संस्कृति, आञ्चकलिता र परिवेशलाई बुझ्न सजिलो हुने अपेक्षा दर्शकको छ ।
केही दिन अगाडि सार्वजनिक टिजरले पनि चरित्र चित्रण र सन्दर्भलाई गजबले प्रस्तुत गरेको छ । फिल्ममा दयाहाङले शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् । आर्थिक रूपमा विपन्न पात्र जसको सपना परिवारको सपना पूरा गर्नु हुन्छ । विपन्नताका कारण उसले परिवार र समाजसँग संघर्ष गर्नुपर्छ ।
फिल्मको निर्देशन याम शेर्पाले गरेका हुन् । टिजरबाट फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको निर्देशक शेर्पाले बताए । ‘दर्शक फिल्ममा शेर्पा समुदायको कथा हेर्न पाइने भयो भनेर उत्सुक छन्’ शेर्पाले भने ।
फिल्ममा जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ । सरसापटीले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगा लगाउन चाहने सन्तानको सपना पुरा गर्न नसक्ने चरम गरिबीको कथा यसमा छ ।
निर्देशक स्वयंले लेखेको फिल्ममा डेब्यु अभिनेत्री सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको अभिनय देख्न सकिन्छ ।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रधान नै छायाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित