जङ्गली हात्तीको आक्रमण, वन हेराला गम्भीर घाइते
बुधबार, २६ मङ्सिर २०८१, ०१ : ०६
कञ्चनपुर । जङ्गली हात्तीले आक्रमण गर्दा पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन । मंगलबार बेलुकी मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेराला विष्टमाथि हात्तीले आक्रमण गरेको हो । झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।
उनका अनुसार घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आईसीयु)मा राखेर उपचार भइरहेको छ । वन क्षेत्रमा हात्तीका दुई छावासहित २०-२५ को संख्यामा रहेका छन् । जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्ने नेतन्याहूको घोषणा
-
तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?
-
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
-
ला लिगामा बार्सिलोनालाई फेरि ठक्कर
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल