मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन
बुधबार, २६ मङ्सिर २०८१, ०९ : ११

काठमाडौँ । कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ । कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो । लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो।
महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा