सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन
बुधबार, २६ मङ्सिर २०८१, १३ : ३२

काठमाडौंँ । कमेडियन हिक्मत महराको निधन भएको छ । महराको सडक दुर्घटनाका कारण निधन भएको हो । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महरा मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेका हुन् । उनले मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको निधनमा निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएका छन् ।
‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित
-
नयाँ शक्तिको मतगणना सुरु हुँदै
-
गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती
-
डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन, तस्बिरमा हेर्नुहोस्