१० भ्रातृ संस्थाको महाधिवेशन गर्न देउवाले तोके संयोजक (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ र नेपाल थारु सङ्घको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
जसमा नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा.प्रकाशशरण महत,नेपाल किसान महासङ्घको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक सङ्घको संयोजक केन्द्रीय सदस्य एनपी साउँद तोकिएका छन् ।
त्यसैगरी नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य,नेपाल थारु सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन