डलर साट्ने लोभ देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
बुधबार, २६ मङ्सिर २०८१, २० : ५१

काठमाडौँ । सस्तो मूल्यमा डलर साटिदिने लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका घर भएका ३७ वर्षीय विकाश श्रेष्ठ र ५५ वर्षीय दिल बहादुर श्रेष्ठ छन् । विक्रमलाई सूर्यविनायकबाट र दिल बहादुरलाई नलिन्चोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनीहरुले मंसिर १३ मा चाँगुनारायण नगरपालिका–४ स्थित डी गाउँमा बोलाएर मिना तामाङबाट ६ लाख ५० हजार लुटेका हुन् ।
ओखलढुंगा घर भएकी ४१ वर्षीया मिना तामाङले जग्गा बेचेको सूचना पाएका आरोपीहरूले निरन्तर पछ्याएर सस्तोमा डलर साटिदिने र सो डलर बेचेर महँगो मूल्य लिन सकिने प्रलोभन दिएर चाँगुनारायण बोलाएर लुटेका थिए । आरोपीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने