माैसम पूर्वानुमान
आज देशभरको मौसम मुख्यतया सफा रहने
बिहीबार, २७ मङ्सिर २०८१, ०६ : ०२

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
-
हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?
-
पार्टी एकताको प्रयासमा समाजवादी मोर्चा सम्बद्ध दल
-
कर्णाली सरकारले यसरी मनायो प्रजातन्त्र दिवस (तस्बिरहरू)
-
मधेस सरकारको स्वास्थ्य मन्त्रालय : समस्या एकातिर छ, बजेट अर्कोतिर खन्याउँदै