बक्स अफिसमा धमाधम पैसा छाप्दै पुष्पा २, सातौँ दिनमा कति कमायो ?
_nvenBSCq0W.png)
नयाँ दिल्ली । पुष्प २: द रुल रिलिजपछि बक्स अफिसमा सफल बन्दै गएको छ । यस फिल्ममा अल्लु अर्जुनले रातो चन्दन तस्करी गर्ने पुष्पराजको भूमिका निर्वाह गरेका छन् ।
उनको लुक देखेर फ्यानहरू पागल भए । ट्रेलर रिलिजपछि फ्यानहरू फिल्मको पर्खाइमा बस्नुको कारण यही थियो । विशेष गरी उनको लुकले मानिसको ध्यान तान्यो ।
रिलिजको दिन बिहानैदेखि हल बाहिर दर्शकको बाक्लो भीड देखिएको थियो । यही कारण एक हप्तामा पुष्पा २ ले भारतीय सिनेमामा इतिहास रच्न सफल भएको छ ।
सोमबारको विश्वव्यापी कलेक्सनको हिसाबले फिल्मले करिब ८८० करोड भारतीय रुपैयाँ कमाएको थियो । तर अब रिलिजको सातौं दिनमा पुष्प २ को कमाइमा ठुलो उछाल आएको छ ।
अल्लु अर्जुनको फिल्मले धेरै ठुला फिल्मको रेकर्ड तोडेको छ । बाहुबली पनि यस मामिलामा पछि परेको छ । मात्र सात दिनमा अल्लु अर्जुनको फिल्मले विश्वव्यापी कलेक्सनका हिसाबले १००० करोडको क्लबमा पुगेको छ । जबकि बाहुबलीले १० दिनमा यो अङ्क छोएको थियो ।
सुकुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा २’ ले पहिलो दिन १६४.२५ करोड कमाएको थियो । योसँगै यो फिल्म अहिलेसम्मकै सबैभन्दा बम्पर ओपनिङ गर्ने फिल्म बनेको छ ।
अल्लु अर्जन बाहेक फिल्ममा रश्मिका मन्दाना मुख्य अभिनेत्रीको रूपमा देखिएकी छन् । जहाँ फहद फासिलले खलनायक भंवर सिंहको भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित