विद्यार्थी नेता धामीको स्मृतिमा अनेरास्ववियूद्वारा ५१ हजार राशिको पुरस्कार घोषणा
बिहीबार, २७ मङ्सिर २०८१, १० : ५८

काठमाडौँ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष डम्बर धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा गरिएको छ ।
अनेरास्ववियूले पूर्वाञ्चल विश्वविद्यालयबाट बीई सिभिलमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले धामीको १२ औँ पुण्यतिथिको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् ।
मङ्सिर ४ गते डडेलधुरामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारको क्रममा १४ गते निधन भएको थियो । १२ औँ पुण्यतिथिको अवसरमा अनेरास्ववियूले बुधबार शंकरदेव क्याम्पसमा शोकसभाको आयोजना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने
-
नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी
-
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?
-
युरोपा लिग : एफसी पोर्टो र एएस रोमाबीचको पहिलो लेग बराबरी
-
८ वर्षमा पनि पूरा भएन २१ किलोमिटर सडक विस्तार योजना