ठमेलमा झगडा गरेको आरोपमा ५ जना पक्राउ
बिहीबार, २७ मङ्सिर २०८१, १३ : ३१

काठमाडौँ । काठमाडौँको ठमेलस्थित कर्म क्लब नजिकै झगडा गरेर निरज बडूवाललाई कुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्तिक १६ मा द्यौसी खेल्ने क्रममा भेट भएका ५ जना युवाहरूले बडूवाललाई कुटपिट गरेका हुन् ।
पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका लाक्पा शेर्पा, नुवाकोट तादी घर भएका रञ्जित तामाङ, तनहुँका कृष्पिन थापा उर्फ कृष्णवीर मगर, काभ्रेको रोशी घर भएका सोनु लामा र राधा लामा छन् ।
उनीहरुले रड र नक प्रयोग गरेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरुविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने कसुर विरुद्धको जाहेरी दर्ता भएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात
-
‘कमेडी दरबार’मा अब गजुरेल महाराजा
-
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई सम्पत्ति जफत र रोक्का गर्ने अधिकार
-
उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो, नेपाल र किर्गिस्तानबिच आजै दोस्रो खेल
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व