दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने

नयाँ दिल्ली । दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने भएको छ । यसलाई महिला सम्मान योजना नाम दिइएको छ । १८ वर्ष उमेर पूरा गरेका प्रत्येक महिला यस योजनाको दायरामा आउनेछन् ।
दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले बिहीबार यो योजनाको घोषणा गरेका हुन् । उनले यस योजनाका लागि आजैदेखि दर्ता सुरु हुने बताए । केजरीवालले चुनावपछि महिलालाई दिइने रकमलाई बढाएर प्रतिमहिना २१ सय रुपैयाँ पुर्याउने पनि बताए ।
त्यस्तै अटो चालककी छोरीको विवाहका लागि १ लाख रुपैयाँ दिइनेछ । अटो चालकका छोराछोरीलाई कोचिङको लागि पैसा दिइनेछ ।
होली र दीपावलीमा बनाएको पोशाक लिन साढे दुई हजार रुपैयाँ दिइनेछ । त्यस्तै १० लाख रुपैयाँको जीवन बीमा र ५ लाख रुपैयाँको दुर्घटना बीमा उपलब्ध गराइनेछ ।
अर्को वर्ष फेब्रुअरीमा दिल्लीमा विधानसभाको चुनाव हुँदैछ। केजरीवालले आम आदमी पार्टी (आप) र कांग्रेसबिच चुनावअघि गठबन्धन गर्ने अनुमानलाई अस्वीकार गरे। केजरीवालले आम आदमी पार्टी एक्लै चुनाव लड्ने स्पष्ट ।
बुधबार आपले दिल्ली विधानसभा चुनावमा कांग्रेसलाई १५ सिट दिने विचार गरिरहेको समाचार आएको थियो । तर केजरीवालले X मा पोस्ट मार्फत गठबन्धनको कुरालाई अस्वीकार गरेका छन्। आपले हालसम्म ३१ सिटका लागि उम्मेदवार घोषणा गरेको छ । सन् २०२० को चुनावमा, आपको २७ सिटमा विधायक थिए, जबकि बीजेपीका ४ विधायक थिए। यस पटक आम आदमी पार्टीले २७ मध्ये २४ विधायक अर्थात ८९ प्रतिशतको टिकट रद्द गरेको छ । -दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ करोड खर्चिएपछि ठेक्का रद्द गरिएको भक्तपुर–नगरकोट सडक अब कसरी बन्छ ?
-
भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : अन्य नेपाली विद्यार्थीलाई समेत होस्टलबाट निकालियो
-
सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार
-
व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव
-
सामान्य प्रशासन मन्त्रालयले ७१ उपसचिव सरुवा गर्दा ६ जनालाई राख्यो जगेडामा
-
ललितपुरकी प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’को ताज