गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य
_20Z60JEwbB.png)
काठमाडौँ । एक २२ वर्षीय युवक तीन दिनसम्म १२ मिटर गहिरो इनारमा तीन दिनसम्म अड्किएर बस्न बाध्य भएका छन् । गाउँलेले उनको आवाजलाई भूतको आवाज ठानेपछि उनीहरू इनारको छेउसम्म पनि नपुगेका हुन् ।
लिउ छुयानी नाम गरेका चिनियाँ युवक किन थाइल्याण्ड र म्यानमारको सीमामा रहेको जंगलमा पुगे भन्ने नखुले पनि उनी एउटा सानो गाउँ नजिकै रहेको इनारमा खस्न पुगेका थिए । अधिकारीले ट्रेकिङ गर्ने क्रममा उनी १२ मिटर गहिरो इनारमा खस्न पुगेको अनुमान लगाएका छन् ।
इनारमा खस्दा उनलाई गम्भीर चोट लागेको छ । उनको हात भाँचिनुका साथै मस्तिष्कमा पनि कनकसन भएको बताइएको छ । सुरुमा उनले ठुलो स्वरमा चिच्याएर मद्दत माग्ने प्रयास गरेका थिए । तर, घण्टौँ बित्दा पनि कोही पनि उनको उद्धारका लागि आएनन् ।
उनले यसरी आफू चाँडै थाक्ने र उद्धारको सम्भावना झनै कम हुने ठाने । त्यही भएर आफ्नो ऊर्जा बचाएर इनारमा उनी तीन दिन र तीन रात बिताए । पानी र खाना विना उनको ऊर्जा बचाउने नीति सही साबित भयो ।
सुरुमा निरन्तर मद्दतका लागि चिच्याएका उनले त्यसपछि एक घण्टामा एक मात्र चिच्याउन थाले । धेरैपटक उनको आवाज सुनिएन । तर, जसले सुने उनीहरूले पनि यसलाई भूतको आवाज हो भनेर ठाने । मानिसहरू इनारको नजिक जानुको साटो डराएर झनै टाढा भागे ।
तर, भाग्यवश कोहीले प्रहरीलाई जंगलबाट अनौठो आवाज आइरहेको बारे प्रहरीलाई सूचना दिए । प्रहरीले यसबारे अनुसन्धान गर्दै जाँदा इनारसम्म पुगेर उनको उद्धार गरेका थिए । उनलाई उद्धार गर्न करिब ३० मिनेट लागेको थियो ।
लिउ किन यति टाढा पुगे भन्ने कुरा अझै रहस्य रहेको छ । प्रहरीले हाल उनी अस्पतालमा उपचाररत रहेको र डिस्चार्ज हुने बित्तिकै यसबारे सोधपुछ गरिने बताएको छ ।
अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा