एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै एम्बुलेन्स सेवाको दुरुपयोग गरेको पाइएमा निलम्बन र खारेजीसम्म गर्ने चेतावनी दिएको हो ।
देशका विभिन्न स्थानहरूमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासाहरू प्राप्त भइरहेकाले मन्त्रालयको ध्यानाकर्षण गराएको सूचना उल्लेख छ ।
सो सूचनामा उल्लेख गरिएको छ, ‘एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ। साथै, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार गठित प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई प्रभावकारी अनुगमन र निगरानी गर्न क्रियाशील रहेका छन् । अनुगमन गर्दा एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउने देखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ । अतः उक्त प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन मन्त्रालय सम्बद्ध पक्षहरूलाई अनुरोध गर्दछ ।’
मन्त्रालयका अनुसार देशभरका एम्बुलेन्सहरू एकद्वार प्रणालीमार्फत सञ्चालन भइरहेका छन् ।
एम्बुलेन्सको कसैले दुरुपयोग गरेको पाइए मन्त्रालयको ह्वाट्सएप र भाइभर नम्बर: ९८५१३३०५९२ मा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित