चालु खाता १ खर्ब ४३ अर्बले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता यो कार्तिक मसान्तसम्मको अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ३ अर्ब ६५ करोड रहेको थियो ।
साउन–कार्तिकको अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’