गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

काठमाडौँ । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरिने भएको हो ।
विश्वका धेरै देशका विमानस्थलहरूमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू—उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले आगामी माघ १० देखि आरएनपी–एआर प्रणाली प्रभावकारी हुने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक अधिकारीले आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरू सहजरुपमा उडान अवतरण हुनसक्ने बताए । भूउपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय मिटरको भिजिबिलिटिमा काम गर्ने महानिर्देशक अधिकारीले बताए ।
यस्तै रात्रिको समयमा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टा अगाडि खुल्ने भएको छ । धावनमार्गसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन भन्दै गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको छ । आगामी माघ १९ गतेदेखि लागू हुनेगरी राति ११ देखि बिहान ७ बजेसम्म ८ घण्टामात्रै विमानस्थल बन्द गरिने पनि महानिर्देशक अधिकारीले जानकारी दिए । बन्द गरिने समय घटेपनि काठमाडौँबाट भैरहवा सारिएको अन्तर्राष्ट्रिय उडान यथावत राखिएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन