खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन फर्मलाई २५ हजार जरिवाना
बिहीबार, २७ मङ्सिर २०८१, १८ : १२

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन वटा फर्मलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । बिहीबार अनुगमनमा गएको विभागको टाेलीले खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने दुई वटा फर्मलाइ १०/१० हजार र एक फर्मलाई ५ हजार जरिवाना गरेको जनाएको छ ।
जसमध्ये काठमाडौँ महानगरपालिका–२१ को मुस्ताक इन्टरप्राइजेज र विके इन्टरनेश्नललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका १ को प्रनिश बुक एण्ड स्टेस्नरीलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची
-
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी