डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न माग गरेको छ ।
बिहीबार रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै उत्कृष्टलाई छान्ने पद्धतिको विकल्प नरहेको बताएका हुन् । विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नरहेको उनले उल्लेख गरे ।
उनले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाएका थिए तर अहिले जसरी अवरोध सिर्जना गरी पुनः कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभीष्ट पुरा गर्ने प्रयास गर्दैछन्, हामी यसको घोर भर्त्सना गर्दछौँ । हामी राजनीतिक हस्तक्षेपमा आधारित नियुक्तिहरू नगर्न, नगराउन प्रतिबद्ध छौँ र योग्यताको कदर हुने प्रणालीको पक्षमा निरन्तर लड्ने छौँ । अहिले त्रिभुवन विश्वविद्यालयले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा हाम्रो पूर्ण समर्थन रहनेछ । सरकार र सत्तारुढ दलबाट नै
उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति हाम्रो सदैव आपत्ति रहनेछ ।’
नेपालको शैक्षिक क्षेत्रमा दलीय राजनीतिकरण विरुद्ध एकजुट भई योगदान दिन रास्वपाले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै