प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, २७ मङ्सिर २०८१, १९ : ३२

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
बिहीबार राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबिच दुई देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा छ ।
प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि शिष्टाचार भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग