गुकेश डीले रचे इतिहास, बने विश्वकै कान्छो विश्व चेस च्याम्पियन
बिहीबार, २७ मङ्सिर २०८१, १९ : ५१

काठमाडौँ । भारतीय चेस खेलाडी गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपका लागि सिंगापुरमा भएको खेलमा गुकेशले चीनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतका १८ वर्षीय ग्रान्डमास्टर डी गुकेशले १४औँ तथा अन्तिम खेलमा चीनका ग्रान्ड मास्टरलाई हराए । तर, गुकेशका चिनियाँ प्रतिद्वन्द्वी डिङ लिझेनले हार बेहोरे पनि कीर्तिमान बनाएका छन् ।
अन्तर्राष्ट्रिय चेस फेडेरेसनका अनुसार लिझेनले १८ मिनेट ३० सेकेन्डमा एक कदम चालेका थिए । यो अहिलेसम्म कुनै खेलाडीले लिएको सबैभन्दा लामो समय पनि हो।
हारपछि चिनियाँ ग्रान्ड मास्टर डिङ लिजेनले भने , ‘खेलका क्रममा मैले ठुलो गल्ती गरेको महसुस गरेँ । यसपछि म पूरै स्तब्ध भएँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन
-
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
-
१० बजे १० समाचार : काठमाडौँका गुण्डामाथि प्रहरीको निगरानीदेखि चौथो मुद्दामा पनि रवि लामिछाने रिहासम्म