युरोपा लिग : होजलुण्डले कोरे म्यान्चेस्टर युनाइटेडको भाग्य
शुक्रबार, २८ मङ्सिर २०८१, ०२ : ०६

काठमाडौं । युरोपा लिगमा इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले लगातार तेस्रो जित निकाल्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । बिहीबार राती भएको खेलमा चेक गणतन्त्रको भिक्टोरिया प्लजेनलाई २-१ ले हराउँदै म्यानयु अन्तिम आठको महत्वपूर्ण क्षेत्रमा प्रवेश गरेको छ ।
युनाइटेडको छलाङका लागि रासमस होजलुण्ड नायक सिद्ध भए । उनैले गरेका दुई गोलले म्यानयु क्वार्टरफाइनल अर्थात् अन्तिम आठको जोनमा पुगेको हो । उनले म्यानयुको भाग्य कोर्दा प्लजेनका तर्फबाट माजेट भाइड्राले एक गोल फर्काए । लिग चरणको ६ खेल सकिँदा म्यानयु अपराजित छ भने ३ खेल बराबरी गरेको उसले १२ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’
-
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
-
प्रभावित क्षेत्रमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले गर्यो १७ करोड खर्च
-
रवि लामिछाने कहिले फर्किन्छन् पार्टी जिम्मेवारीमा ?