नेपाल प्रिमियर लिग
लुम्बिनी लायन्सले जित्यो टस, पहिले फिल्डिङ गर्ने
शुक्रबार, २८ मङ्सिर २०८१, ०८ : ४५

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आज हुन लागेको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । यससँगै उसले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
प्लेअफको दौडबाट बाहिरिइसकेको लायन्सविरुद्ध कर्णाली याक्सले पहिले व्याटिङ गर्ने भएको हो । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुँदै छ ।
यसअघि ६ खेल खेलमा पराजित भएर प्लेअफ होडबाट बाहिरिसकेको लुम्बिनीको यो लिगकै अन्तिम खेल हो । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ ।
सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कपीराइट उल्लंघन सामान्य अपराध होइन’
-
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
-
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति