भारत : निजी अस्पतालमा आगलागी हुँदा बालिकासहित ६ जनाको मृत्यु
शुक्रबार, २८ मङ्सिर २०८१, ११ : ३२

तमिलनाडु । तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । यो घटना राति बिहीबार १० बजेतिर भएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा एक बालिका सहित कम्तीमा ६ जनाको ज्यान गएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, आगलागीको कारण सर्ट सर्किट भएको आशंका गरिएको छ ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने कहिले फर्किन्छन् पार्टी जिम्मेवारीमा ?
-
प्रादेशिक आमसञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
-
आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
-
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
-
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर