राजनीति
केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा
शुक्रबार, २८ मङ्सिर २०८१, १२ : ०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेसिरडाँडामा शुक्रबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा, पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा कार्यक्रमबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।
यस्तै माओवादी घटकबिच पार्टी एकता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी लगायत विषयमा पनि छलफल हुन सक्ने साहले बताए । माओवादीले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ महिला प्रहरीले मात्रै सुरक्षा दिन्छन्...
-
गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ कमेडियनविरुद्ध प्रहरीमा निवेदन
-
कतारमा लेखक अखण्ड भण्डारीको ‘बोरा’ विमोचन
-
कर्णाली नीति उत्सवको औचित्य
-
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
-
एकीकृत समाजवादीलाई फुटाएर भए पनि अध्यादेश पास गराउने खेल !