नेपाल बैंक लिमिटेड गोलबजार शाखाको भवन उद्घाटन
शुक्रबार, २८ मङ्सिर २०८१, १८ : ३२
काठमाडौँ । नेपाल बैंक लिमिटेड गोलबजार शाखाको भवन उद्घाटन गरिएको छ । मंसिर २६ गते गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको भवन उद्घाटन गरेका हुन् ।
सिराहाको गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ्ग कारोबार सुरु गरेको हो ।
नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको यस भवनबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव