कोलकाता डाक्टर बलात्कार-हत्या मुद्दामा पूर्व प्रधानाध्यापकलाई जमानत
कोलकाता । कोलकाता बलात्कार-हत्या मुद्दामा आरजी कर मेडिकल कलेजका पूर्व प्रिन्सिपल सन्दीप घोषले शुक्रबार जमानत पाएका छन्। प्रमाण छेडछाड प्रकरणमा सीबीआईले ९० दिनको म्याद बितिसक्दा पनि आरोपपत्र दायर गर्न नसकेपछि सियालदह अदालतले घोषलाई जमानत दिएको हो ।
सोही आधारमा पूर्व ताला प्रहरी चौकी इन्चार्ज अभिजित मण्डलको जमानत पनि अदालतले स्वीकृत गरेको छ । मण्डलमाथि मुद्दाको एफआईआर दर्ता गर्न ढिलाइ गरेको आरोप छ।
तर घोष अझै जेलबाट बाहिर भने आउन पाउने छैनन्। मेडिकल कलेजमा भएको आर्थिक ठगी मुद्दामा उनले जमानत पाएका छैनन् ।
अगस्ट ९ गते बिहान आरजी कर अस्पतालको आकस्मिक भवनको सेमिनार हलमा ३१ वर्षीय प्रशिक्षार्थी चिकित्सकको शव फेला परेको थियो । उनी नाइट ड्युटीमा थिइन् । उनकोको गोप्य अंग, आँखा र मुखबाट रगत बगिरहेको थियो । उनको घाँटीको हड्डी पनि भाँचिएको भेटिएको थियो ।
डाक्टरको शव नजिकै हेडफोन भेटिएको थियो । यस मामिलामा, कोलकाता पुलिसमा कार्यरत सिविक स्वयंसेवक सञ्जय रोयलाई अगस्ट १० मा प्रहरीले पक्राउ गरेको थियो। सीसीटीभी क्यामेरामा सञ्जय आपतकालीन भवनमा प्रवेश गरेको देखिएको थियो । त्यतिबेला उनको घाँटीमा हेडफोन थियो। तर, भवनबाट बाहिरिने क्रममा उनको घाँटीमा हेडफोन थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वामदेव एकीकृत समाजवादीमा आउने पक्का भएपछि केपी ओली रोक्न लाग्नुभयो’
-
तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड : उत्कृष्ट अभिनेता मुकुन, अभिनेत्रीमा दिया
-
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी
-
तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने
-
बार काउन्सिलको बागमती पार्षद्का लागि कोइरालाले गरे उम्मेदवारी घोषणा
-
अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, अध्यक्षमा पाँच जनाको उम्मेदवारी (नामावलीसहित)