गुल्मी जिप दुर्घटनामा अपडेट : एक जनाको मृत्यु
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : २१

गुल्मी । गुल्मी सवारी दुर्घटनामा घाइते भएका १ जनाको मृत्युु भएको छ। गुल्मी रेसुङगा नपा–८ छापटोला बस्ने ४५ वर्षीय नवीन श्रीसको मृत्यु भएको हो ।
उनलाई जिल्ला अस्पताल गुल्मीले मृत्यु भएको घोषणा गरेको छ। घटनाका घाइते भएकी नविनकी श्रीमती ३८ वर्षीय बसन्ती श्रीस, उनका छोरा एक्सन श्रीसलाई थप उपचारको लागि पाल्पा पठाइएको छ।
गुल्मी मुसिकोट नपा ४ दजाकोट सडक खण्डमा बुटवलबाट देउरालीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स गाडी शुक्रबार साँझ दुर्घटना भएको थियो ।
उक्त घटनामा घाइते हुनेहरूमाचालक जिल्ला गुल्मी मुसिकोट नपा २ देउरालीका २४ वर्षीय दिपक सुनारलाई पनि उपचारका पनि पाल्पा पठाएको छ भने दुर्घटनामा मुसिकोट बस्ने २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टाई घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै