नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा अधिकारी

दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डीपी) विजयी भएका छन् । आज सम्पन्न अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।
खुला उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत प्राप्त गरेका छन् । सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी अस्मिता खनालले १६ मत प्राप्त गरेकी छन् ।
सहसचिव खुलामा ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत प्राप्त गरेका छन् ।
यसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली, खुला सदस्यहरुमा राजेश्वर हड्खले ३०, उपेन्द्र खनाल ३५, विष्णु गौतम ३६, विकास खनाल ४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गरेका छन् ।
सङ्घीय परिषद् सदस्य खुल्लमा प्रदीप काफ्ले, सङ्घीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विवि), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला) मा सुनिता थापा निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
-
हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?
-
पार्टी एकताको प्रयासमा समाजवादी मोर्चा सम्बद्ध दल
-
कर्णाली सरकारले यसरी मनायो प्रजातन्त्र दिवस (तस्बिरहरू)
-
मधेस सरकारको स्वास्थ्य मन्त्रालय : समस्या एकातिर छ, बजेट अर्कोतिर खन्याउँदै
-
‘स्वास्थ्य क्षेत्रका योजनाहरू बजेट नष्ट गर्ने खालका मात्रै छन्’