नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम
म्याग्दी । नेपाल पत्रकार महासङ्घ म्याग्दी र मुस्ताङ शाखाका पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतम र मुस्ताङमा सुनदेवी रसाइलीको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो ।
म्याग्दी शाखाको उपाध्यक्षमा दलप्रसाद बिक (अमित), अमृतप्रसाद पौडेल (बास्कुने), सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उमेद्वारी परेकाले निर्बिरोध भएको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले बताए । यसैगरी केन्द्रिय परिषद् सदस्यमा बिनोद धौलागिरि चयन भएका छन् ।
मुस्ताङको उपाध्यक्षमा तृष्णा गौचन, महिला उपाध्यक्षमा फुलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, सहसचिवमा सरस्वती ल्वागुन, हिस्मत नेपाली र कोषाध्यक्षमा निरज थकाली निर्वाचित भएका छन् । सदस्यमा बसन्त पौडेल, पेमा छोतेन गुरुङ, केन्द्रिय परिषद् सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद् सदस्यमा लक्ष्मी पौडेल चयन भएको निर्वाचन अधिकृत भिमबहादुर रसाईलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
-
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
-
देशभर पश्चिमी वायुको प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन