तनावले म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाको पाचन प्रणाली नै बिग्रियो

काठमाडौं । मानसिक तनावका कारण इंग्लिश क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक एवं व्यवस्थापक पेप ग्वार्डिवलाको पाचन प्रणाली नै विग्रिएको छ । आफ्नो खेल व्यवस्थापकीय करियर कै खराब परिणामका कारण उनको निद्रा तथा खानपान समेत प्रभावित भएको हो ।
बुधबार च्याम्पियन्स लिगमा युभेन्ट्ससँग हार्नुभन्दा पहिले उनले इटालीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लुका टोनीसँगको साक्षात्कारमा अचानक म्यान्सिटीको लय भताभुङ्ग भएसँगै त्यसको प्रभाव आफ्नो व्यक्तिगत जीवनमा समेत परेको बताए ।
उनले भने, ‘मानसिक स्थिति ठीक थिएन । निद्रा उठेको थियो । र, खानपान पनि हल्काफुल्कामा झरेको छ । किनभने पाचन खराब भएको छ ।’ पछिल्लो १० खेलमा जम्मा १ जित हात परेपछि ग्गार्डिवलालाई अधिक तनाव भएको हो ।
अब उनले आइतबार इत्तिहाद रंगशालामा म्यान्चेस्टर युनाइटेडविरुद्ध डर्बीमा उत्रिनु छ । उनले भनेका छन्, ‘म त्यस्तै खेल खेल्न चाहन्छु । जुन गत आइतबार लिस्बनमा खेलिएको थियो । पूरा विश्वास गर्नुहोस् ।’
म्यान्चेस्टर डर्बीका लागि तीन रक्षक तयार हुँदैछन्, जो चोट मुक्त भएका छन् ।
युनाइटेड वास्तविक लयमा नरहेको अड्कल गर्दै ग्वार्डिवलाले अबको प्याटर्न, चाल र गतिले युनाइटेडमाथि हावी हुनेमा यकिन गर्न आग्रह गरे । युभेन्ट्ससँगको भिडन्तका दौरान आफुमाथि भएको नस्लीय विभेदको आफ्ना कप्तानले खुलेर विरोध गरेकामा उनले क्लवका तर्फबाट प्रशंसा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?