ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले २४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
यसैगरी राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदानको गएराति अन्तिम मतपरिणाम आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जायन्ट्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो मुम्बई इन्डियन्स
-
राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
-
समृद्धिको लागि एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-
जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
-
हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?