पत्रकार महासङ्घ मकवानपुरको अध्यक्षमा अधिकारी निर्वाचित, कार्यसमितिमा को–को आए ?

मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका उनले ४५ मत प्राप्त गरेर ३ वर्षका लागि निर्वाचित भएका हुन्।
नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट अधिकारीले प्रेस सेन्टरबाट अध्यक्षका उम्मेदवार बनेकी अञ्जली थापालाई ९ मतान्तरले पराजित गर्दै अधिकारी पत्रकार महासङ्घ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिकारीले ४५ मत प्राप्त गर्दा सेन्टरबाट उम्मेदवार बनेकी अञ्जली थापाले ३६ मत मात्र प्राप्त गरेका थिए। त्यसैगरी अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोष्टराज अधिकारी (कुमार) ले २० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुरेश श्रेष्ठले ३ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपाध्यक्षमा धुर्व्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५५ प्राप्त गर्दा गणेश दर्पण अधिकारीले ४९ मत प्राप्त गरेका थिए । यस्तै महिला उपाध्यक्षमा प्रेस सेन्टरकी भावना रिजाल निर्वाचित भएकी छिन् । उनले ५५ मत ल्याउदा युनियन चौतारीकी साझा उम्मेदवार बनेकी प्रतीक्षा न्यौपानेले ४४ मत पाइन् ।
महासङ्घ सचिवमा सेन्टरबाट इन्द्र प्रसाद बन्जारा (रमेश) दुलाललाई हराउँदै केशव समर्पण सुवेदी विजयी बनेका छन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बन्जाराले ३१ मत प्राप्त गरे। त्यसैगरी सहसचिव (खुल्ला) मा शिव प्रसाद चौलागाईं विजयी भएका छन् । विश्वराम अधिकारीलाई ३६ मतले पछि पार्दै चौलागाईंले चुनाव जितेका हुन् । उनले ६५ मत प्राप्त गर्दा अधिकारीले ३९ मत पाए । यस्तै,सहसचिव समावेशीमा सन्नु रिजाले ५८ मत प्राप्त गरी रुपा गुरुङलाई हराएकी हुन्। गुरुङले ४० मत प्राप्त गरिन्।
त्यस्तै, सदस्यहरूमा सरोज पौडेल ६५, रविन ढुङ्गा ५९, श्रीराम अर्जुन दाहाल ५७, श्यामलाल दुलाल (गणेश) ५३, सुमन दुलाल ५२, अनिल मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै सदस्य महिलामा स्मीता अर्जेल (४८) र सदस्य आदिवासी जनजाति सदस्यमा सानुमाया गुरुङ (४९) मधेसीमा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् । सदस्य दलितमा संजीव विक (४७) मत सहित निर्वाचित भएकी छिन्।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा नवराज शर्मा र सुजन विडारी निर्वाचित भएका छन् । शर्माले ५१ मत र विडारीले ४५ मत ल्याई निर्वाचित भएका हुन । प्रदेश परिषद् सदस्यमा ६ जना र दलित केन्द्रीय परिषद् सदस्यमा १ जना यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन