जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
शनिबार, २९ मङ्सिर २०८१, ११ : २६

काठमाडौँ । शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेरमा सुरु हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालयमा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल भइरहेको छ ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित