फोटो फिचर
टीयू क्रिकेट मैदानमा महान् क्रिकेटर ब्रायन लारा (तस्बिरहरू)
शनिबार, २९ मङ्सिर २०८१, १२ : २७
_Bvni49ZLHi.jpg)
काठमाडौँ । नेपाल भ्रमणमा रहेका महान् क्रिकेटर ब्रायन लारा टीयू क्रिकेट मैदान पुगेका छन् । मैदानमा जारी नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् ।
ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर सर्वकालिक क्रिकेटका दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । उनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् ।
टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २००४ मा इंग्ल्याण्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए ।
त्यस्तै, उनले २९९ एकदिवसीयमा ४०.४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन रहेको छ । उनले सन् २००७ मा क्रिकेटबाट संन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : बायर्न म्युनिख, बेनिफिका, क्लब ब्रुगलाई सफलता
-
कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा
-
पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विदेशी मुद्राको भाउ : कसको मूल्य कति ?
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो