प्रधान सेनापतिद्वारा भारतीय मिलिटरी एकेडेमीमा कवाज निरीक्षण तथा अवलोकन

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देल शनिबार भारतको देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीको भ्रमण गरेका छन् । प्रधानसेनापति सिग्देल एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् ।
सो अवसरमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरेको नेपाली सेनाले जानकारी दिएको छ । कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेका थिए। ।
नेपाली सेनाले वि.सं. २०१० सालदेखि एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् ।
बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंकर पोखरेललाई कर्ण थापाको जवाफ : जबजले एक वा दुई दलीय व्यवस्था स्विकार्दैन
-
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
-
खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी