प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
शनिबार, २९ मङ्सिर २०८१, १८ : ५०

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल आज देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गरेका छन् ।
सो क्रममा उनले नवनियुक्त अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नाका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले विसं २०१० देखि सो एकेडेमीमा आफ्ना अधिकृत क्याडेटलाई तालिममा सहभागी गराउँदै आइरहेको छ ।
हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् । बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेट तालिमरत रहेका सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित
-
नयाँ शक्तिको मतगणना सुरु हुँदै
-
गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती
-
डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन, तस्बिरमा हेर्नुहोस्