दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद
शनिबार, २९ मङ्सिर २०८१, २२ : ०५

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आइरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेको हो।
कारमा रहेको पाँचवटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।
‘कार ठोकिएलगतै कारभित्रबाट २–३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रिक्सामा हाल्न खोजिरहेका थिए। त्यहि क्रममा स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागे’ एक स्थानीयले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एउटा अध्यादेशले त पसिना काढ्नुपरेको छ, संविधान संशोधन धेरै परको कुरा हो’
-
बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भयो : मन्त्री यादव
-
'सहकारी समस्याले घरजग्गा कारोबारमा सुधार हुन सकेन'
-
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सकियो
-
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु
-
मुस्लिम सङ्घको लुम्बिनी अधिवेशन नेतृत्व चयन गर्न असफल