ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा

काठमाडौँ । ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो ।
कूल एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ । कूल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीन वटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिन्छ ।
कूल ४३ हजार वर्गफिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकता अनुसार सचिवलाय र भीआईपी कक्षको पनि सुविधा छ ।
कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, साँस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रवन्ध गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईको प्रयोग आतंकवादीले गर्नेमा चिन्तित छन् गुगगका पूर्वसीईओ
-
शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : मन्त्री पाण्डे
-
कपिलको शोमा सबै कुरा स्क्रिप्टेड हुन्छ : सुमोना चक्रवर्ती
-
तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने
-
नयाँ राष्ट्रिय एकीकरणको समाजवादी कार्यक्रम
-
जनयुद्ध दिवस र पक्ष-विपक्ष