इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने

काठमाडौं । जलविद्युतलाई मुख्य उर्जा स्रोत बनाइरहेको इक्वेडर यतिबेला अन्धकारसँग जुधिरहेको छ । झण्डै २ करोड जनसंख्या भएको दक्षिण अमेरिकी देश इक्वेडर दैनिक १४ घण्टे लोडसेडिङ व्यहोरिरहेको हो ।
२३ सप्टेम्बरपछि सरकारले घोषणा गरेको लोडसेडिङले सिंगो मुलुकलाई अन्धकारमय बनाइदिएको छ । कमजोर विद्युत ग्रिड व्यवस्थापनका कारण विद्युत कटौती बढेको अधिकारीहरुले बताएका छन् ।
सुख्खाका कारण जलविद्युत उत्पादनसँग जोडिएका नदीहरु सुक्दै गएका र त्यसको मार विद्युत उत्पादनमा परेको बताइएको छ । सुरुमा वितरणको ग्याप मिलाउनका लागि सुरु गरिएको विद्युत कटौती लगातार तेस्रो महिना पनि बढाइएको छ । र, जसले कयौं इक्वेडरवासीको जीवन अस्तव्यस्त भएको छ ।
सार्वजनिक रुपमै सडक प्रदर्शन हुन थालेपछि राष्ट्रपति ड्याडियल नोबोआले शुक्रबारदेखि अधिकांश ठाउँमा लोडसेडिङ हट्ने आश्वासन दिएका छन् । यद्यपि, उद्योग क्षेत्रको विद्युत् कटौती वर्षको अन्त्यसम्म रहने सरकारी अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
विभिन्न आपराधिक ‘मुद्दा’ झेल्दै एकीकृत समाजवादीका यी नेता