अजरबैजानी विमान दुर्घटना प्रकरण: दोषीलाई सजाय दिने रुसको प्रतिबद्धता
बाकु । हालै काजकस्तानको अकताउ सहरमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटना भएको घटनामा रुसले कोही दोषी पाइए सजाय दिने प्रतिबद्धता जनाएको छ ।
विमान दुर्घटनाका दोषीलाई कारबाही हुने कुरा मस्कोले प्रतिबद्धता जनाएको अजरबैजानी महाभियोजकले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
क्रिसमसको दिनमा बाकुबाट रुसको चेचन्या क्षेत्रका लागि उडेको विमान रुसी हवाई क्षेत्रमा लागेपछि काजकस्तानको अक्ताउ सहरमा दुर्घटनामा परेको थियो । विमान मिसाइल लागेर दुर्घटना भएको दाबी गरिँदै आएको छ ।
उक्त दुर्घटनामा ६७ जना सवार विमानका ३८ जनाको मृत्यु भएको थियो । रुसको अनुसन्धान समितिका प्रमुखले यस घटनाको दोषी पहिचान गर्न र सजाय दिलाउन ठोस उपायहरू अपनाइरहेको भनिएको छ ।
यस मामिलामा रुसले फौजदारी अनुसन्धान पनि सुरु गरेको छ । यस घटनालाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका समकक्षीसँग माफी पनि मागेका थिए ।
उड्डयन विज्ञहरूले दुर्घटनामा परेको विमानलाई रुसी प्रतिरक्ष प्रणालीको मिसाइल लागेको भनिरहेका छन् । तर रुसले भने अहिलेसम्म यो कुरा स्वीकार वा पुष्टि दुवै गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण